२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

व्यवसायी रिजालद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

तुलसीपुर,
१२ वैशाख ।
तुलसीपुरका युवा व्यवसायी बिमल रिजालले तुलसीपुरमा सञ्चालन भईरहेका संचार गृहका श्रमजीबिहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् ।

३० जना पत्रकारहरुलाई पुग्ने गरि सेनिटाईजर, ग्लोब्स र मास्क तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका रिजालले उपलब्ध गराए । उक्त सामाग्री पत्रकार अर्जुन गिरी, नारायणी रजौरे, सुशील बस्नेत, शरद रेग्मीलाई हस्तान्तरण गरे । प्राप्त ती सामाग्री पत्रकार शरद रेग्मीलाई बितरणका लागि जिम्मा लगाईएको छ ।

बिश्वभर फैलीएको कोभीड १९ को सर्तकता र सचेतनाका लागि अग्रपंक्तीमा गई समाचार संकलन गर्नुपर्ने अबस्थामा श्रमजीवि पत्रकारहरु समेत स्वास्थ्य सुरक्षामा संबेदनशील हुने भएकाले स्वास्थ्य सामाग्री उपलब्ध गराईएको रिजालले बताए । रिजालले श्रमजीवि पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा पत्रकारहरु खुशी भएका छन् ।