२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

जरायोको सुकुटी खान निम्ता दिने पुन पक्राउ

प्रिया स्मृती गजमेर,
देउखुरी १२ वैशाख ।
जंगली जरायोको सुकुटी खान साथी भाईहरुलाई घरमा आउन सामाजिक संजाल मार्फत निम्ता दिने एक जनालाई डिभिजन वन कार्यालय देउखुरीले नियन्त्रणमा लिएको छ ।

गढवा गाउँपालिका वडा नं. ६ स्थित खाजा नास्ता पसल गर्ने बर्ष ३५ शिबराज पुनले बिहीवार लकडाउनको सदुपयोग गरौं, मेरो घरमा जरायोको सुकुटी खान आउनुस स्वागत छ, भनेर फेसबुकमा स्टाटस लेखेका थिए । पुनले लेखेको स्टाटसप्रती आम जनमानसको गुनासो बनेर डिभिजन वन कार्यालय देउखुरीसम्म आईपुगेपछी पुनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डिभिजनल वन प्रमुख प्रबीण बिडारीले बताए ।

‘जसरी वन जङ्गलको संरक्षण गर्ने हामीमा जिम्मेवारी छ, त्यस्तै वन्यजन्तुको पनि संरक्षण गर्नु हाम्रो दायित्व हो’ प्रमुख बिडारीले भने । संरक्षणको सुचीमा परेका जंगली जनावरलाई न मार्न पाइन्छ न यी जनावरका बारेमा तथानाम लेख्न पाइन्छ उनले भने । यदि वन्यजन्तु मारेको फेला पारे, उनिहरुको बारेमा भ्रमित सुचना फैलाएको पाईए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एैन अनुसार कानुनी कारबाही हुने प्रमुख बिडारीले बताए ।

पछिल्लो समय लकडाउनको मौका छोपेर वनजङ्गलमा चोरी, तस्करी गर्नेलाई नियन्त्रणमा लिने गरेको छ । सानो ठूलो जस्तो सुकै कार्य भएपनी अबैध तरिकाले काम गर्नेहरुलाई निरुत्साहित गर्ने तर्फ कार्यालय केन्द्रित भएको छ ।