२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

‘सायद केही साना व्यवसायहरु अब कहिल्यै खुल्ने छैनन्’

काठमाडौं, ।
महामारीले मानव समाजलाई स्थायी रुपमै परिर्वतन गरिदिएको इतिहास छ । कारोना भाइरसले पनि त्यस्तै गरिदिने विज्ञहरुले बताउन थालेका छन् । यस्ता महामारी पछि मानिसहरुको आनीबानी र व्यवहार स्थायी रुपमै परिर्वतन हुने हुँदा कतिपयि व्यवसायहरु अब कहिल्यै नखुल्ने गरी बन्द हुने ‘बिजनेश रिकभर’ सम्बन्धी जानकारले बताएका छन् । साना व्यवसायीहरु धेरै खतरामा रहेका छन् अहिले । उनीहरु यो महामारी पछि फेरी पनि नयाँ उद्यमी बनेर शुरु गर्नु पर्ने अवस्था आउने देखिन थालेको छ ।

‘कतिपय अवस्थामा लामो समय बन्द भएको व्यवसाय सुचारु गर्नुभन्दा सधैंका लागि बन्दै गर्नु सहज हुन आउँछ’, डिजास्टर रिकभरी इन्सटिच्युट इन्टरनेशनले (डीआरआइ)उल्लेख गरेको छ । ‘अर्थतन्त्र खुलेपछि धेरै ठाउँमा पहिले जस्तो हुने छैनन् । हाम्रा धेरै बानीहरु परिर्वतन भइरसेका छन् । अनी हाम्रो खल्तीको आयतनमा पनि केही परिर्वतन आउनसक्छ’, डीआरआइका प्रमुख कार्यकारी छोले डेम्रोभ्स्कीले भने ।

कोरोना भाइरसको लकडाउनले किराना सामानको खरिद, सिनेमा हेर्ने, कम्पनीका बैठकहरु, ई–लर्निङ लगायत धेरै क्रियाकलापहरु डिजिटल भइसकेका छन् । यस्तो परिर्वतन छोटो समयको लागि मात्र नभएर स्थायी परिर्वतन पनि हुन सक्छ । यसरी स-साना बानीहरुमा आएको परिर्वतनले गुणात्मक फड्को मारेर केही व्यवसायहरु उदाउन सक्छन् भने केही सधैंका लागि अस्ताउन सक्छन् । कोरोना पछिको अवस्थामा आफ्नो सान्दर्भिकता पुष्टि गर्नका लागि सृजनात्मक ढंगले काम गर्न नसक्नेहरु अस्ताउन सक्छन् ।

ठूला र नियमन गरिएका व्यवसायहरुको पुनःउत्थान हुने योजनाहरु होलान्, जोखिम न्यूनीकरणको प्रष्ट योजनाहरु पनि हुन्छन् । साना व्यवसायहरुको त्यस्तो योजना हुँदैन । ‘यस्ता व्यवसायहरुले धेरै संर्घष गर्नुपर्ने छ । सायद यी कहिल्यै खुल्ने छैनन्’, डेम्रोभ्स्की भन्छन् । जोखिम केही न्यूनीकरण गर्नका लागि साना व्यवसायहरुले अब छोटो समयका लागि व्यवसायहरु खोल्ले, कर्मचारीलाई थोरै समय काममा लगाउने, सामाजिक दूरी कायम गरेर ग्राहकलाई सेवा दिन सकिन्छ ।

पञ्जा, मास्क लगाएर, सरसफाइमा ध्यान दिएर ग्राहकको विश्वास जित्ने प्रयास गर्न सकिन्छ । उनीहरुलाई पुरानै अवस्थामा फर्काउने प्रयास गर्न सकिन्छ । केही सृजनशील उपायहरु सोच्न सकिन्छ ।

साभार : चाणक्य पोष्ट