२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

राष्ट्रिय वनमा रुख काट्ने कल्लु यादव पक्राउ

प्रिया स्मृती गजमेर, 
देउखुरी १२ वैशाख । राष्ट्रिय वनमा सालका रुख काटेको आरोपमा राजपुर गाउँपालिका वडा नम्बर ३ निवासी कल्लु यादव पक्राउ परेका छन । यादवलाई दाङ देउखुरी जिल्ला अदालतले अनुसन्धानका लागि १५ दिनको म्याद थप गरेको छ ।

यादवले हिजो बिहिवार उक्त जंगलबाट ३२५.७६ क्युफिट सालको गोलिया काटेका थिए । यादवले ठुलो परिमाणमा साल जातको रुख काटेर गोलिया बनाई राखेको भन्ने सुचनाको आधारमा सब डिभिजन वन कार्यालय बेलाले स्थलगत अनुगमन गर्दा त्यति ठुलो मात्रामा काठ भेटाए पछि पक्राउ गरेको थियो । बरामद गरिएको तिन सय पच्चीस दशमलब सर्सत्ठी क्युफिट काठको तिन लाख पच्चीस हजार ६ सय सत्तरी रुपैया बिगो कायम गरिएको छ ।

त्यस्तै काटिएका रुखहरुको ठुटाको पनि मुल्यांकन गरिएको छ । ति ठुटाहरुको मुल्यांकन गर्दा ५४६ क्युफिट हुन पुगेको छ । उक्त ठुटाको तीन लाख बयासी हजार दुई सय रुपैयाँ बिगो कायम गरिएको डिभिजन वन कार्यालय देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिए ।

‘शुरु शुरुमा वन कर्मचारीहरुको भौगोलिक विकटताका कारण ति क्षेत्रमा पहुँच नहुँदा त्यति बेला हुने घटनाहरु बाहिर आउन नसकेको हो, तर अहिले चारै तिर हाम्रो संजाल फैलिएको छ कहिँ न कहिँबाट सुचना पाउँछौ जसले गर्दा घटनाहरु एकपछी अर्को बाहिर आइरहेका छन्, सब डिभिजन वन कार्यालय बेलाका सहायक वन अधिकृत टेकन आचार्यले भने । कुनै पनि क्षेत्रमा चाहे त्यो राष्ट्रिय जंगल होस् चाहे सामुदायिक वन होस् जब सम्म त्यहाँका वन समिति र स्थानिय उपभोक्ताको सहयोग मिल्दैन तब सम्म हामीले मात्र गरेर सम्भव हुँदैन आचार्यले भने ।

चोरी र तस्करी हुने क्षेत्रका उपभोक्ताहरु सजग भएपछी मात्र यस्ता घटनामा कमी आउने आचार्यको भनाई छ ।