२०७८ कार्तिक २ गते मङ्गलवार
२०७८ कार्तिक २ गते मङ्गलवार

प्रदेश ५ मा पठनपाठनका लागि ‘भर्चुअल’ कक्षाको तयारी

बुटवल, 
१२ वैशाख । विद्यार्थीको पठनपाठनका लागि प्रदेश ५ मा ‘भर्चुअल’ कक्षाको तयारी थालिएको छ। सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुसँग समन्वय गरेर पठनपाठनलाई नियमित बनाउने तयारी गरेको हो।

कक्षा १ देखि ९ सम्मको नतिजा तत्काल प्रकाशन गरी अघिल्लो कक्षा पढाउने योजना बनाइएको छ। सामाजिक विकास मन्त्री सुदर्शन बरालले पठनपाठनका लागि विभिन्न उपायमा छलफल चलिरहेको बताए। ‘इन्टरनेट पहुँच हुने स्थानामा भर्चुअल कक्षा सञ्चालन गर्ने योजना छ, उनले भने, ‘पहँच नहुने स्थानमा रेडियोबाट वा अभिभावकबाटै पठनपाठन गर्ने र त्यस्तो पुस्तकहरु तयार गरिदैछ।’

शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको ‘भर्चुअल’ पत्रकार सम्मेलनमा मन्त्री बरालले दुरशिक्षाको अभ्यास गरिरहेका स्थानीय तहहरुलाई अनुदान दिएर सघाइने बताए। ‘साना कक्षामा कसरी पठाउने भन्ने चुनौतिहरु छन्, त्यसमा अभिभावक नै पहिलो शिक्षक हुन सक्छन्, उनले भने।

प्रदेश ५ मा ५ हजार ७ सय विद्यालयमा करिब ११ लाख विद्यार्थी छन्। लकडाउनपछि यी सबै विद्यार्थीको पठनपाठन रोकिएको छ। परीक्षाको नतिजासमेत प्रकाशित नभएकाले विद्यार्थीले अध्ययन सुचारु गर्न सकेका छैनन्। प्रदेशका कतिपय स्थानीय तहले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को तयारीमा रहेकाहरु लक्षित अनलाइन, टेलिभिजन र रेडियोबाट पठनपाठन गराइरहेका छन्। यो सुविधामा विपन्न समुदायका विद्यार्थी जोडिन नसकेका खबर अन्नपूर्ण पोष्टमा छ।