२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

नेपालगन्जमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

बाँके, 
१३ वैशाख । नेपालगन्जमा शनिबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।

शुक्रवार राती ८ बजेदेखीको डिउटी सकेर शनिबार बिहान कोठातिर जाँदै गरेका प्रहरी जवान सुभाष सार्कीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार, हुम्ला स्थायी घर भएका २६ बर्षिय प्रहरी जवान सार्की सवार भे ३ प ३९ नम्बरको मोटरसाइकल शनिबार बिहान करिव अढाई बजेतिर राँझा चोकमा रहेको ट्राफिक स्ट्याण्डमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटना पश्चात् उनलाई तुरुन्त अस्पताल लगिएको थियो तर, अस्पताल पुग्दा नपुग्दै उनको मृत्यु भएको हो ।

उनी स्थानीय प्रशासनले दशगजामा बनाएको क्वारेन्टाइनमा शुरुदेखि नै डिउटीमा खटिदै आएका थिए । उक्त क्वारेन्टाइनमा रहेका सबै शुक्रवार आ-आफ्नो गृह जिल्ला पठाइएपछी उनी बिहान दुई बजे डिउटी सकेपछि कोठामा जान त्यहाँबाट हिडेको र ढाइ बजेतिर राँझामा मोटरसाइकल दुर्घटनामा परेर उनको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता सिंहले जानकारी गराए ।

मृतक सार्की राँझामा कोठा भाडामा लिएर बस्दै आएका थिए ।