२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रदेश ५ मा कोरोना जोखिम उस्तै, लकडाउन खुकुलो बन्दै

बुटवल, 
१३ वैशाख । प्रदेश ५ मा कोरोना भाइरसका संक्रमित शनिबारसम्म फेला परेका छैनन् । त्यसैले त्रास कम छ । भारत र तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेका र होम क्वारेन्टाइन बस्नेको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) जारी छ । पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण पनि भइरहेको छ ।

शुक्रबारसम्म प्रदेश ५ का १२ जिल्लामा २ हजार ९ सय ४ ९जनाको आरडीटी परिक्षण गरिएको छ । एक जनाको बाहेक सबैको रिपोर्ट नेगेटिभ छ । ३ सय ३७ जनाको थ्रोट स्वाब परीक्षण गरिएकोमा ३ सय ४ जनाको नेगेटिभ आएको छ । ३३ जनाको परीक्षण भइरहेको छ । आरडीटीमा पोजिटभ देखिएको एक जनाको पनि पीसीआरमा नेगेटिभ देखिएको छ ।

क्वारेन्टाइनमा रहेका ८ हजार २६ जनाको परीक्षण हुन बाँकी छ । कोराना संक्रमित भेटिएका गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशसँग प्रदेश ५ को सीमा जोडिएको छ । तीनवटै प्रदेशसँग आउजाउको सम्बन्ध बाक्लो छ । भारतसँग पनि प्रदेशअन्तर्गतका तराईका ६ वटै जिल्लाको सीमा जोडिएको छ । यस्तो अवस्थामा प्रदेश ५ का बुटवलसहित विभिन्न सहरमा अघोषित खुकुलो बन्दै गएका लकडाउन, सडकमा सवारी भीड र चहलपहलले जोखिम बढेको छ । किराना, तरकारी, खाध्यान्नदेखि मासु पसल खुल्न थालेका छन् ।