कैलाली,
१३ वैशाख । कैलालीको कन्द्रा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका १२ शिवपुरका ११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरी रहेका छन् ।
घर नजिकैको कन्द्रा नदीमा नुहाउन गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।