२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

कोरोनाले गर्दा कतै मनोसामाजीक समस्या भएको त छैन ?

चिनको वुहानवाट सन् २०१९ डिसेम्वरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभरी महामारीको रुपमा फैलिएको छ । यो कोभिड १९ ले विश्वका अल्पविकसित देशहरुसहित विकसित देशहरु पनि अछुतो रहन सकेका छैनन । अहिले आएर नेपालमा पनि दिनानुदिन संक्रमितको संख्या बढिरहेको हुँदा महामारीको उच्च जोखिमयुत देशको रुपमा रहेको छ ।

चैत्र ११ गते देखि देशमा लकडाउनले गर्दा मानिसहरु सवै घरभित्रै सिमित हुँदा तनाव, डर र चिन्ताका कारणले गर्दा चिडचिडापन हुने, एकान्तमा बस्न मन लाग्ने, परिवारसँग घुलमिल हुन नसक्ने, झर्को लाग्ने, शरीर दुख्ने, झमझमाउने, मनमा धेरै अनेकथरीका कुराहरु खेल्ने, एक्लोपनको महशुश हुने, रिगंटा लाग्ने, टाउको पेट दुखिरहेको महशुश हुने, शरीर जिरिंग हुने, खाना कम वा धेरै खान मन लाग्नु, शरीर भारी भएको महशुश हुने, भ्रमपुर्ण विचार तथ मनमा धेरै नकारात्मक कुराहरु आईरहने, मन शुन्य हुने, शंका लाग्ने, मुटुको धड्कन बढने, छिटै थाकेको महशुस हुने, निन्द्रा नलाग्ने, यदि निदाएमा पनि खराव सपनाहरु देख्ने र तर्सने, सामान्य भन्दा पनि बढि मात्रामा पिर चिन्ता लागी रहने, निर्णय लिन र दिन नसक्ने, अत्यधिक मात्रामा रिस उठने, धेरै विर्सने, केहि कुरा संझिन नसक्ने, आत्मविश्वासमा कमी हुने, आफु वा आफनो परिवारमा केही भैहाल्छ कि भन्ने डर त्रास लागिरहने, शरीर कहिले अत्यधिक तातो कहिले चिसो भएको महशुश हुने, वाकवाकि लाग्ने, श्वास फेर्न गाहे हुने, जाँगर मर्दै जाने, छाती फुलेर आउने, कब्जिएत हुने, टोलाउने, मनोवल गिर्र्नेआदि जस्ता लक्षणहरु देखिन सक्छन ।

प्रकोपको वेलामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन ।य स्ता लक्षणहरु प्रकोपको वेलामा कतिलाई तत्काल देखिन्छ, कतिलाई केहि दिन पछि मात्र देखिन शुरु गर्छ भने कतिपयलाई महिना वा वर्षपछि अचानक लक्षण देखा पर्न सक्छ ।

यस्ता लक्षणहरु देखिय भने कसरी समस्या कम गर्न सकिन्छ त ?
परिवार तथा आफन्तहरुको साथ सहयोग माग्ने र परिवारले साथ सहयोग दिने,परिवारका सदस्यहरुसँगै बस्ने, आफ्नो मनको भावनाहरु आफनो विश्वासिलो व्यक्तिहरु साथी, आफन्तहरुसँग पोख्ने या छलफल गर्ने, मनोरञ्जन गर्ने, घरायसी कामकाजमा व्यस्त रहने, करेसावारीको काममा व्यस्त रहने, सही सुचनाहरु मात्र प्राप्त गर्ने,आफूलाई मन पर्ने खेलहरु खेल्ने रमाउने, खुसीका क्षणहरु मात्र सम्झेर रमाउने, पुजाआजा गर्ने, योग, ध्यान र व्यायामहरु गर्ने, आफ्नो ध्यानलाई रमाइलोतिर मोड्न प्रयास गर्ने, रिस आक्रोसलाई खोल्न पाएमा जस्तोः हाँस्न मन छ भने दिल खोलेर हाँस्ने, रुन मन लागेको भए आनन्दले एकछिन रुने, आफनो दैनिक क्रियाकलापमा फर्कन प्रयास गर्ने, धैर्यवान बन्न प्रयास गरेमा विस्तारै विस्तारै लक्षणहरु हराउँदै जान्छन ।

यस्ता सामनाका उपायहरु अपनाँउदा अपनाउँदै पनि कतिपय व्यक्तिमा हराउनुको साटो झन बढने हुन सक्छ । जसले गर्दा मनोसामाजिक समस्याको जोखिम बढेर जाने हुन्छ । प्रत्येक व्यक्तिको मानसिक क्षमता फरक फरक हुन्छ जसले गर्दा कोही व्यक्ति चाँडो सामान्य अवस्थामा फर्कन्छन भने, कसैलाई सामान्य अवस्थामा फर्र्कन समय धेरै लाग्छ । प्रकोपको वेला देखिने स्वभाविक लक्षणहरु कम नभएर झन बढ्दै गई आफ्नो दैनिक कामकाज गर्न नसक्ने, अत्यधिक जाँड रक्सीको सेवन गर्न मन लाग्ने भएमा, हरपल नकारात्मक सोचाई आएमा या आत्महत्याको सोच या प्रयास गर्न थालेमा तुरुन्त मनोविमर्शकर्तासँग सम्पर्क गरेर मनोविमर्श सेवा लिनुपर्छ ।

लक्ष्मी ढकाल धिताल
(मनोविमर्शकर्ता)
नेपाल महिला सामुदायिक सेवा केन्द्र
९८४६०६९६३३