तुलसीपुर,
१४ वैशाख । जन्मदिनको अवसरमा तुलसीपुरका एक पत्रकारले खाद्यान्न सहयोग गरेका छन् ।
तुलसीपुर निवासी पत्रकार चेतन रेग्मीले कोरोनाको प्रकोपबाट प्रभावित पैदल यात्रीका लागि दाङको तुसीपुरमा संचालित मेसमा खाद्यान्न सहयोग गरी जन्मदिन मनाएका छन् । रेग्मीले सय किलो चामल, पच्चीस किलो दाल र दश किलो नुन तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतलाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।
कोरोना कहरका कारण हजारौं पैदल यात्रिहरु बिचल्लिमा परेपछि तुलसीपुरमा सामाजिक सस्थाहरुले सामुहिकरुपमा मेस सन्चालन गरिरहेका छन् ।