२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुरमा कोरोना १९ विरुद्द द्रुत प्रतिकार्य परियोजना शुरु

शरद रेग्मी, 
तुलसीपुर १४ बैशाख । दाङको तुलसीपुरमा कोभिड १९ बिरुद्द द्रुत प्रतिकार्य परियोजना सुरु भएको छ । युएसएआईडिको आर्थिक सहयोग र तुलसीपुर उमपहानगरपालिकाको समन्वयमा तुलसीपुर उधोग बाणिज्य सघंले सन्चालन गर्न लागेको प्रोजेक्टको आज टेलिकन्फ्रेन्स मार्फत सरोकारवालाहरु बिचको पहिलो बैठक सम्पन्न भएको हो ।

तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको परियोजना शुभारम्भ बैठकमा बोल्दै मेयर पाण्डेले कोरोना बिरुद्दको लडाईमा युएसएआईडिले महत्वपुर्ण परियोजना तुलसीपुरमा सुरु गर्न लागेकोमा धन्यबाद दिएका छन् । मेयर पाण्डेले महामारी नियन्त्रण गर्न तुलसीपुरका १९ वटै वडाहरुमा स्वास्थ्य स्वंयमसेवक परिचालन गर्दै उनिहरुलाई सेनिटाईजर उत्पादन गर्ने तालिमदेखि कोरोना बिरुद्द सजकता अपनाउने कार्यक्रमहरु रहेको जानकारी दिए ।

बजारमा सेनिटाईजरको हाहाकार भएको सन्दर्भमा युएसएआईडिले गाउँगाउँमा किटनाशक औषधि छर्ने अभियान समेत यो परियोजनामा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै युएसएआईडि अन्तर्गत सन्चालन भैरहेको तयार नेपालकी एक्सन फण्ड म्यानेजर रक्षा शाहले यो परियोजना अप्रिल १५ देखि जुन पन्ध्र सम्म सन्चालन हुने जानकारी दिईन ।

‘अहिले कोभिड नियन्त्रण गर्न सबैको सहकार्य हुन जरुरी छ, यसमा युएसएआईडिले निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढेको छ ।’ म्यानेजर शाहले भन्नुभयो । उनका अनुसार उधोग बाणिज्य संघसँग निरन्तर सहकार्य रहने छ। कार्यक्रममा टेक्निकल फोकल पर्सन धिरज कार्कि, बिभिन्न सामाजिक सघंसंस्थाका प्रमुखहरु, तुलसीपुर उपमहानगरपालिका जन स्वास्थ्य प्रबर्दन शाखाका फोकल पर्सन बिमल केसि, लगायतको सहभागिता रहेको थियो ।

बैठकको सहजिकरण तुलसीपुर उधोग बाणिज्य सघंका सचिब एवं परियोजनका टिम लिडर बिनिल केसिले गरेका थिए ।