२०७९ साउन २५ गते बुधवार
२०७९ साउन २५ गते बुधवार

नेपालमा कोरोना संक्रमितको संख्या ५२, निको हुने १६ जना

काठमाडौं, 
१४ वैशाख । आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको पुरुषक्षको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले अस्पतालको निगरानीमा छन् । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ ।

आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् ।