२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

भोकाएका र तिर्खाएका पैदल यात्रीलाई बाटोमै पानी र चाउचाउ

शिव प्रसाद उपाध्याय,
दंगिशरण १५ वैशाख । दाङको दंगिशरण गाउँपालिका वडा नंं ५ बालापुरका युवा व्यवसायी कमल वलीले लकडाउनको मारमा परेर लामो दुरिको यात्रा पार गरी बालापुर हुँदै घरतर्फ जाँदै गरेका पैदलयात्रुलाई बालापुर प्रहरी बिट नजिकै बिस्कुट ,चाउचाउ तथा मिनिरल वाटर वितरण गरेका छन् ।

‘पैदल यात्रु भोकाएको तथा तिर्खाएको देखेपछि मैले निःशुल्क रुपमा चाउचाउ, बिस्कुट र पानीको ब्यबस्था गरेको हुँ’ उनले भने । उनले तीन दिनसम्म ६०० प्याकेट चाउचाउ तथा बिस्कुट र ६०० बोतल मिनिरल वाटर वितरण गरेका हुन्।

पैदल यात्रुले भोक तथा प्यास मेटाइदिएको भन्दै उनलाई धन्यवाद दिएको दंगिशरण गाउँपालिका ५ का वडा सचिव प्रेम प्रकाश चौधरीले बताए ।