२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

दाङको एक वनमा फेला परेको बम सेनाद्वारा डिस्पोज

दाङ,  
१५ वैशाख। दाङको एक सामुदायिक वनमा फेला परेको मोटार बम नेपाली नेपाली सेनाले डिस्पोज गरेको छ । आइतवार दिउँसो राप्ती गाउँपालिका वडा नं. १ को रामजहरी सामुदायिक वनमा फेला परेको बम घोराहीवाट गएको सेनाले डिस्पोज गरेको हो ।

टुइञ्च मोटारमा लाग्ने (यूएसओ) बम आइतवार दिउँसो घोराहीस्थित रिपुमर्दन गणवाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको दाङ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले फरककोणलाई जानकारी दिए । मेलापातका लागि जंगल गएका गएका स्थानीय महिलाहरुले बम जस्तो बस्तुलाई देखेपछि इलाका प्रहरी कार्यालय भालुवाङलाई खवर गरेका थिए ।

प्रहरी घटनास्थल पुगेर हेर्दा बिस्फोट नभएको बम देखेपछि घोराहीवाट डिस्पोजका लागि नेपाली सेनालाई बोलाएको थियो । त्यसपछि दिउँसो साढे ३ बजेतिर नेपाली सेनाको बम डिस्पोज टोलीले बम डिस्पोज गरेको डिएसपी खड्काले जानकारी दिए । बम डिस्पोज गर्दा ठूलो आवाजले विस्फोट भएको थियो । बम लगभग जिर्ण अवस्थामा फेला परेको हुँदा तत्कालिन युद्धका क्रममा नेकपा माओबादीले छोडेको हुन सक्ने डिएसपी खड्काले अनुमान गरे ।