२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

घोराहीको वन क्षेत्रमा बाटो खन्ने एक्स्काभेटर चालक पक्राउ

दाङ, 
१५ वैशाख । लकडाउनको मौका छोपी वन क्षेत्रमा बाटो खनिरहेको एक एक्स्काभेटरलाई डिभिजन वन कार्यालय दाङले नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका–१९ मा च्यानगैरादेखि श्रीचौर जाने गोरेटो बाटोमा विनाअनुमति एक्स्काभेटर चलाएको भेटिएपछि वनको गस्ती टोलीले चालकसहित नियन्त्रणमा लिएको हो ।

दुबीचौर राष्ट्रिय वन क्षेत्रमा मध्य राति बाटो खनिएको पाइएको डिभिजन प्रमुख दीपक ज्ञवालीले बताए । रा१क ७५९ नम्बरको स्काभेटर र चालक बंगलाचुली गाउँपालिका २ का २५ वर्षीय थमबहादुर घर्तीमगरलाई पक्राउ गरिएको हो ।

चालकलाई दाङ देउखुरी जिल्ला अदालतबाट भिडियो कलमार्फत १५ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उनले बताए ।