२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

टेक्टरको टायरले किच्दा चौधरीको मृत्यु

दाङ,
१५ बैशाख । दाङको लमहीमा टेक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आज सोमबार विहान ११ बजे टेक्टर पल्टिँदा सोहि टेक्टरमा काम गर्ने लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १९ वर्षिय दिनेश चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

खोलामा बालुवा अनलोड गरी घर बनाउँदै गरेको स्थानमा बालुवा पुर्‍याउने क्रममा आफैले मजदुर गर्ने रा १ त ३४७० नम्बरको टेक्टरको टायरले किच्दा चौधरीको मृत्यु भएको निरीक्षक थपलियाले बताए ।

शव लमही अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । टेक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।