२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जंगली रतुवा शिकार आरोपमा शान्तिनगरबाट ५ जना पक्राउ

दाङ,
१५ बैशाख । डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाँउपालिका वडा नं. २ अमुवामा रतुवा शिकार गरी भागवन्डा लगाई वाँडिरहेको अवस्थामा सोमबार दिउँसो पाँच जनालाई पक्राउ गरेको छ ।

५ जनालाई रतुवाको मासु सहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा ल्याएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिए ।

वन क्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानियहरु जम्मा भई खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताए । मारीसकेपछि गाँउलेहरु मिलि मासु भागवन्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा शान्तिनगर गाँउपालिका वडा नं. २ अमुवाका राम बहादुर नेपाली, कल बहादुर भण्डारी, दिल बहादुर दमाई, तुलसीराम वली, ओपेन्द्र बहादुर भण्डारी रहेका छन् ।

घटनाका विषमा थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर के।सी। ले जानकारी दिए ।