शान्तिनगर,
१५ वैशाख । शान्तिनगर गाउँपालिकामा किसानलाई मकै खेतिका लागि उन्नत बिउमा ५० प्रतिशत अनुदान दिइ बिउ वितरण शुरु गरिएको छ । पछिल्लो समय किसानहरु हाईब्रिट जातका मकै तर्फ आकर्षित भइरहेका बेला त्यसलाई रोक्न शान्तिनगर गाउँपालिकाले सो बिउ वितरण गरेको हो ।
गाउँपालिकाका सबै वडाहरुमा बिउ वितरण शुरु भइरहेको वडा नम्बर १ का वडा अध्यक्ष जंग बहादर पुनले बताए । हाईब्रिट बिउँको खेति गर्दा त्यसबाट उत्पादीत मकै पुनः विउँमा प्रयोग गर्न नसकिने र विउँका लागि सधै बाहिर परनिर्भर रहनु पर्ने भएकाले उन्नत विउँ तर्फ किसानलाई आकर्षित गर्न अनुदानको प्याकेज अघि सारिएको ५ नम्बर वडाका अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिए ।
मकै रोप्ने समय बैशाख महिनलाई उपयुक्त मानिन्छ । मकैको बिउ अनुदान लिनका लागि किसानले सम्बन्धित वडा कार्यालय वा कृषी शाखामा पनि सम्पर्क गर्न सकिने बताइएको छ ।
विभिन्न समयमा आउने विषम परिस्थीतिमा सम्भावित खाद्यन्न संकट टार्नका लागि र पुनः प्रयोगमा ल्याउन सकिने, तथा रोग किरा लाग्नबाट बचाउन र उत्पादन र कम खर्चिलोका लागि पनि उन्नत जातको बिउ उपयुक्त भएको कृषी शाखाले जनाएको छ ।
लकडाउनले कृषीलाई कुनै असर नपर्ने बताइएको छ ।