२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३० लाख नाघ्यो

काठमाडौं,
१६ वैशाख । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ९ हजार सात सय ९९ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार सात सय ३५ पुगेको छ । त्यस्तै इटालीमा २६ हजार नौ सय ७७ को मृत्यु भएको छ भने स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् । निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख १० हजार संक्रमित निको भएर घर फर्किएका छन् ।