२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

रोल्पामा क्वारेन्टाइनमा बसेका एक पुरूषको मृत्यु

रोल्पा, 
१६ वैशाख । रोल्पामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ। रोल्पाको माडी गाउँपालिका वडा नं. २ निवासी ६२ वर्षीय एक जना पुरूषको सोमवार राति ११ बजेतिर मृत्यु भएको हो।

रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोरोना फोकल पर्सन रामबहादुर केसीले मृतकको स्वाब परीक्षणको लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिए। ‘स्वाब आज दाङ पठाएका छौं,भोलिसम्म रिपोर्ट आउला,’ केसीले भने। उनी वैशाख १२ गते लकडाउन खुकुलु भएको समयमा काठमाडौंबाट रोल्पा छोरासँगै आएको जानकारी दिइएको छ।

उनका छोराले भक्तपुरस्थित कृष्ण इँट्टा भट्टामा काम गर्ने हुँदा दमको समस्याबाट ग्रसित उनका बाबु केही समय पहिला मात्रै उपचार गराउन भन्दै छोरा कहाँ गएको भन्ने खुल्न आएको केसीले बताए। ‘मेरो विचारमा उहाँको कोरोनाबाट मृत्यु भएको होइन, होला,’ कोरोना फोकल पर्सन केसीले थपे, ‘दमका कारण उहाँको मृत्यु भएको हुनुपर्छ।’ दमका रोगीलाई चिसोमा झनै समस्या हुने हुँदा चिसोकै कारण उनको मृत्यु भएको हुनसक्ने उनले अनुमान गरे।

केहीदिन यतादेखि देशका विभिन्न भागमा पानी परिरहेको हुँदा मौसम चिसो भएको छ। मृतक व्यक्ति पहिलादेखि नै दमको रोगी भएको भन्ने खुल्न आएको तथा यसअघि क्षयरोग समेत भएको पत्ता लागेको केसीले बताए। केसीले अन्त्येष्टिका लागि मंगलबार नै मृतकको शव परिवारका सदस्यलाई लैजान दिने तयारी भइरहेको भन्ने खबर आफूले पाएको जानकारी दिए।

काठमाडौंबाट फर्केपछि उनका बाबु छोरालाई स्थानीय क्वारेन्टिनमा राखिएको भए पनि छोरालाई समेत घरजान दिने तयारी भइरहेको भन्ने खबर आफूले पाएको सहायक प्रजिअ केसीले जानकारी दिएको खबर सेतोपाटीमा प्रकाशित छ ।