२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा १७ हजार ९ सय घरपरिवारलाई राहत वितरण

दाङ, 
१६ वैशाख । लकडाउनका कारण दाङमा दैनिक मजदुरी गर्न नपाई छाक बस्ने अबस्थामा पुगेका झण्डै १८ हजार घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार चैत २१ गते देखी अहिलेसम्म दशवटा स्थानिय तहले १७ हजार ९ सय ३ घरलाई खाद्यान्न वितरण गरेका हुन् ।

ती दश स्थानिय तहले ३ लाख ९१ हजार ३ सय ८८ किलो चामल, २४ हजार ६ सय ४७ किलो दाल, १७ हजार ४ सय १५ किलो नून, १६ हजार ४ सय १९ लिटर खाने तेल, १३ हजार ७ सय ९१ पिस साबुन, २ सय किलो आलु, ५७ किलो टमाटर, १ सय १० किलो सोयाविन र एक सय २० किलो काउली वितरण गरेका छन् ।

सबै भन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाले ५ हजार ४९ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । त्यसैगरी, घोराही उपमहानगरले एक हजार ९ सय २४, लमही नगरले २ हजार ७ सय ६४, राप्ती गाउँपालिकाले ७ सय ४६ र गढवा गाउँपालिकाले २ हजार ९ सय ८६ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको केन्द्रले जनाएको छ ।

यसैगरी, राजपुरले ७ सय ४१, बंगलाचुलीले ८ सय ९७, दंगिशरणले ७ सय ५९, शान्तिनगरले १ हजार ९२ र बबई गाउँपालिकाले ९ सय ४५ घरपरिवारलाई खाद्यान्न वितरण गरेको जानकारी दिएका छन् ।

दैनिक मजदुरी गरेर खाने बर्गलाई लकडाउनले असर गरेपछि सरकारले परिवार संख्याको आधारमा खाद्यान्न उपलब्ध गराउदै आएका छन् ।