२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

हापुरेमा पानी तान्ने विद्युतीय मोटर चोरी, मर्कामा किसान

बबई, 
१६ वैशाख । पश्चिम दाङको बबई गाउँपालिका ५ पूर्व हापुरेमा पानी तान्ने विद्युतीय मोटर चोरी हुँदा किसानहरु मर्कामा परेका छन् ।

बैशाख १४ गते राति करिब २२ हजार बराबरको विद्युतीय मोटर खेतबाटै चोरी भएपछि किसानहरु मर्कामा परेका हुन् ।

दलित, एकल महिला, अपाङ्ग तथा सिमान्तकृत समुदायले दलित सेवा संघको सहयोगमा एक विघाह जग्गा भाडामा लिएर विगत २ बर्षदेखि तरकारी खेति गर्दै आएका थिए ।

विभेदमा पारिएका समुदायको जिवीको पार्जनमा सुधार ल्याउने उद्देश्यले संघले १० घुरधुरी किसानलाई सिचाईका लागि २ हर्सपावरको विद्युतीय मोरर उपलब्ध गराएको ईन्देनी कृषी समूहका अध्यक्ष सारदा गन्धर्वले जानकारी दिइन् ।

एक विघाह क्षेत्रफलमा लगाएका काउली, गोपी, भन्टा, करेला, खुर्सानी, हरियो साग, केराउ, भिन्डी लगाएतका तरकारी सिंचाई नहुँदा सुक्ने अवस्थामा पुगेको अध्यक्ष गन्धर्वले जानकारी दिइन् ।

-फाइल फोटो