२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

भगवान बनेर आए वडा अध्यक्ष, बेसहारा महिलाको निःशुल्क शल्यक्रिया

शरद रेग्मी, 
तुलसीपुर १७ वैशाख । वेसहारा श्रमिक महिलाको निःशुल्क शल्यक्रिया सहित स्वास्थ्य उपचार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका—५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको अग्रसरतामा बसपार्कमा बिरामी भएर छटपटाइरहेकि एक महिलाको तुलसीपुरको तुलसीपुर सिटि अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

मंगलवार विहान डा. शेखर थापाले उनको पाठेघरको शल्यक्रिया गरेका हुन् । ‘जव म तुलसीपुर बसपार्कस्थीत भाइको कोठामा बिरामी भएर छटपटाइ जिवन मृत्युको संघारमा थिए, वडाध्यक्ष ज्यु भगवान बनेर आउनुभयो, मलाइ उठाएर आफ्नै गाडिमा राखि तुलसीपुर सिटि अस्पतालमा ल्याएर अप्रेसन गराइदिनुभो, म अहिले ठिकै छु’, सल्यान दार्मा गाउँपालिका मसिना स्थाइ घर भएकि २३ बर्षिय संगिता पुनले भनीन् ।

सहाराविहिन अवस्थामा जनप्रतिनिधिको गाडिमा ल्याइएकी संगितालाइ सिटि अस्पतालले शल्यक्रियासहित सम्पुर्ण उपचार निःशुल्क गर्यो । अहिले संगिता विस्तारै तंग्रीदै छिन् । लककडाउनकै समयमा सल्यान जिल्ला अस्पतालमा जचाउन जाँदा सो अस्पतालले उनको अप्रेशन गर्नुपर्ने भन्दै तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा रिफर गरेको थियो । प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उनले चेकजाँच गराइन्, तर अस्पताल प्रशासनले अप्रेशन गर्न ४०/५० हजार खर्च हुने भनेपछि पैसाको अभावमा उनी रोग पालेर बसपार्कस्थीत भाइको डेरामा मृत्यु कुरीरहेकि थिइन् । उनलाइ शल्यक्रियासहित सम्पुर्ण स्वास्थ्य उपचार खर्च निःशुल्क गर्ने उदेश्य सहित तुलसीपुर उपमहानगरपालिका—५का वडाध्यक्ष विरेन्द्र कुमार शाहले सिटि अस्पतालमा ल्याएका थिए ।

‘लकडाउनको व्यवस्थापनसंगै वडाका काममा व्यस्त थियौं, बसपार्कबाट एकजनाले फोनगरी यी महिलाको छटपटिका विषयमा जानकारी गराए, तुरुन्तै त्यहाँ पुगेर अस्पताल ल्यायौं’—वडाध्यक्ष शाहले भने । अस्पतालमा ल्याइसकेपछि स्वास्थ्यउपचारसंगै शल्यक्रिया गर्नुपर्ने भयो । अस्पताल सन्चालक सदस्य अर्जुन न्यौपानेसंग सरसल्लाह भयो । त्यसपछि उनको शल्यक्रिया समेत गरीयो । अध्यक्ष शाहको भनाइमा ती सहाराविहिन विपन्न महिलाको सवै उपचार खर्च आफैले व्यहोर्नेगरी अस्पताल ल्याएका थिए । संयोगवस अस्पताल व्यवस्थापन र चिकित्सकले पनि उनको निःशुल्क उपचारमा पुरै सहयोग गर्ने बचन दिएका छन् । अवको तीन दिनपछि संगिता डिस्चार्ज हुनेछिन् ।

वडाध्यक्ष शाह भन्छन्, प्रादेशिक अस्पताललेनै उनको निःशुल्क औषधि उपचारको व्यवस्थापन गर्नुपथ्र्यो, यसरी सहाराविहिनहरुलार्इ निःशुल्क स्वास्थ्योपचार सेवा दिन अस्पतालमा सामाजिक सेवा इकाइ पनि हुन्छ, तर अस्पतालबाट भएको व्यवहार दुर्भाग्यपुर्ण हो ।’ उनको शल्यक्रिया सफल भएकोमा अध्यक्ष शाह पनि निकै खुसी र उत्साहित पनि छन् । ‘विरामीको आर्थिक अवस्था हेरेर यस्ता सहाराविहिनलाइ खोजीखोजी स्वास्थ्य उपचारमा लागी पर्नेछु’—अध्यक्ष शाहको अठोट हो यो ।

प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्ने पैसाको अभावमा उनी थलिदै गएकी थिइन् । ‘अस्पताललाइ धेरै आग्रह गर्यौ, निःशुल्क उपचारका लागी, तर भएन, वडाध्यक्षज्युले सहयोग गर्नुभो, उहाँलाइ धन्यवाद दिन चाहन्छौं’, विरामीका आफन्त शुकलाल परीयारले भने, वडाध्यक्ष गरीवका नेता हुनुहुन्छ । अस्पताल व्यवस्थापनले पनि संगिताको संपुर्ण उपचारखर्च निःशुल्क गर्ने जनाएको छ । अस्पतालका सन्चालक अर्जुन न्यौपानेले वडाध्यक्षज्युको सामाजिक सेवाको सराहनागर्दै सम्पुर्ण औषधि उपचार खर्च निःशुल्क गर्ने बताएका छन् । अस्पताल नाफामुखि नभएर सेवामुखि भएको भन्दै न्यौपानेले यस्ता अतिविपन्न विरामीहरुको निःशुल्क उपचार गर्न पाउँदा अस्पताल व्यवस्थापन पनि खुसी भएको भन्दै असहाय अन्य विरामीहरुको समेत निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्ता केसको शल्यक्रियाका लागी निजि अस्पतालमा कम्तिमा ८०/९० हजार रुपैयाँ सम्म खर्च हुन्थ्यो । शल्यक्रिया गर्ने चिकित्सकले समेत अप्रेशन चार्ज नलिने घोषणा गरेका छन् ।