२०७९ चैत्र ५ गते आइतवार
२०७९ चैत्र ५ गते आइतवार

उच्च रक्तचापका कारण वडाध्यक्षको निधन

गुलरिया, 
१७ वैशाख । बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्षको निधन भएको छ । गेरुवा गाउँपालिका नौरा निवासी ४४ वर्षीय टेकबहादुर चौधरीको उच्च रक्तचापका कारण निधन भएको हो ।

बुधबार बिहान एक्‍कासी बिरामी परेपछि चौधरीलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताए । चौधरीको असामायिक निधनले गेरुवा गाउँपालिका स्तब्ध बनेको छ । वडाध्यक्षको शव गेरुवास्थित घर पुर्‍याइएको र बिहीबार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ।