२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरमा अटेरी गरेर पसल खोल्ने ७ जना व्यापारी पक्राउ

तुलसीपुर, 
१८ वैशाख । अत्यावश्यक भन्दा अन्य पसल खोलेको आरोपमा तुलसीपुरमा प्रहरीले ७ जना व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फेन्सी पसल, स्टेशनरी, जुत्ता पसल लगाएतका व्यवसायी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

पटक पटक सम्झाई बुझाई गर्दा समेत अटेरी गरेर लकडाउनको उलंघन गरेकाले पक्राउ गरेको पसल प्रहरी निरीक्षक शर्माले बताए । सम्झाउदा समेत उल्टै विवादगरी झगडा समेत गरेकाले नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले बताएको छ ।

प्रहरीले व्यापारीको नाम भने खुलाएको छैन ।