२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

लमहीमा सुविधा सम्पन्न प्रादेशीक ट्रमा सेन्टर स्थापना हुने

दाङ,  
१८ वैशाख । प्रदेश ५ सरकारले दाङमा प्रादेशीक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । जिल्लाको लमहीमा सुविधा सम्पन्न प्रादेशीक ट्रमा सेन्टरको स्थापना हुन लागेको आर्थिक मामिला तथा योजना मन्त्रीका स्वकीय सचिव सुरेश गौतमले जानकारी दिएका छन् ।

प्रदेश ५ सरकारले आर्थिक वर्ष ०६७÷०७७ को नीति तथा कार्यक्रममा लमहीमा ट्रमा सेन्टर स्थापना हुने विषय समेटिएको भन्दै गौतमले चालु आर्थिक वर्षमा २ करोड वजेट बिनियोजन भएको बताउनुभयो । ट्रमा सेन्टरका लागि कुल ४० करोडको स्टिमेट गरिएको स्वकीय सचिव गौतमले जानकारी दिए । ‘प्रदेश ५ सरकारले लमहीमा प्रादेशीक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । ४० करोडको लागत स्टिमेट गरिएको ट्रमा सेन्टर स्थापनाको कार्य सुरु भएको छ’, ‘यस वर्ष २ करोड वजेट बिनियोजन गरिएको छ ।’

लमहीको कृषि उपज केन्द्रको जग्गामा निर्माण हुने ट्रमा सेन्टरको डिपीआर निर्माणको कार्य सम्पन्न भएको प्रदेश सभा सदस्य रेवती रमण शर्माले जानकारी दिए । ‘प्रदेश ५ कै गौरवको योजनाका रुपमा लमहीमा प्रादेशीक ट्रमा सेन्टर स्थापनाको कार्यको थालनी भएको छ । डिपीआर निर्माणको काम सम्पन्न भयो’, प्रदेश सभा सदस्य शर्माले भने, ‘अब छिट्टै टेण्डरको काम अगाडि बढ्छ । ट्रमा सेन्टर स्थापनापछि यस क्षेत्रको स्वास्थ्यले निकै ठूलो फड्को मार्नेछ ।’

लामो संघर्षपछि ट्रमा सेन्टर स्थापनाले मूर्तरुप लिन लागेको भन्दै प्रदेश सभा सदस्य शर्माले यसलाई जिल्लाबासीले अवसरका रुपमा लिनुपर्ने बताउए । ‘राजमार्गमा अत्यधिक दुर्घटना हुने र घाइतेहरुलाई बाँके वा रुपन्देही पु¥याउनुपर्ने अवस्था छ । यसो हुँदा दुर्घटनाबाट हुने मृत्युदर उच्च रहँदै आएको छ’, शर्माले भने, ‘प्रदेशको सेन्टरमा भएकाले पनि देउखुरीमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय भएको हो । यो योजनालाई समयमै सम्पन्न गर्नका लागि सबैको सहयोग अपरिहार्य रहनेछ ।’

यता देउखुरी क्षेत्रका सरोकारवालाहरुले ट्रमा सेन्टरलाई समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । नागरिक समाज दाङका सह–संयोजक निमबहादुर थापाले ट्रमा सेन्टरको स्थापना हुनु दाङ देउखुरीका लागि अत्यन्तै खुसीको विषय भएको भन्दै यसको निर्माण कार्य समयमै सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताउए । ‘प्रदेश सरकार लमहीमा छिटो भन्दा छिटो ट्रमा सेन्टर स्थापना होओस् भन्नेमा छ । तर, यसतर्फ जिल्लामा तयारीमा ढिलाई भइरहेको छ’, थापाले भन्नुभयो, ‘आर्थिक वर्ष सकिन लाग्यो, भरखर डिपीआर निर्माण भएको छ । यही गतिमा निर्माणको कार्य अगाडि बढ्ने हो भने समयमै सकिएला जस्तो लाग्दैन । यसतर्फ हाम्रो खबरदारी रहनेछ ।’