रोल्पा,
१८ वैशाख । रोल्पाको त्रिवेणी गाउँपालिकामा फेला पारेको बमसँग खेल्दा विस्पोट भएर ४ जना बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले बताए ।
‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने।
घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।