बाँके,
१९ वैशाख । बाँकेको गाँउपालिका राप्तीसोनारी १ कुशुममा सवारी दुर्घटना हुँदा एक प्रहरीको ज्यान गएको छ । दाङबाट कोहलपुरतर्फ आउने क्रममा सडक दुर्घटनामा परी बारबर्दिया नगरपालिका ४ घर भएका प्रहरी जवान अनिल थारुको मृत्यु भएको हो ।
दाङ दरबन्दी भई ललिलपुर कार्यरत रहँदै आएका थारु सवार मोटरसाईकल ट्रकमा ठोक्कीएको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटना भएलगत्तै नेपाल रेडक्रस सोसाईटि कुशुमको एम्बुलेन्समा थारुलाई उपचारकालागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर ल्याईएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका थारुको उपचारका क्रममा मृत्यु भएको हो ।