२०७८ भाद्र १७ गते बिहिवार
२०७८ भाद्र १७ गते बिहिवार

निःशुल्क मकै चरी र शुडान घाँसको बिउ बितरण गरिने

तिर्थराज ज्ञवाली, 
मसुरीया १९ बैशाख । राप्ती गाउँपालिकाको पशु सेवा शाखाले कृषकहरुलाई निःशुल्क घाँसको विउ उपलब्ध गराउने भएको छ ।

राप्ती गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष ०७६।७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशु सेवा शाखाले राप्ती गाउँपालिका क्षेत्रमा व्यवसायीक पशुपालक र दुध उत्पादक, बाख्रापालक कृषकहरुलाई निशुल्क अनुदानमा मकै चरी घाँस र शुडान घाँसको विउ बितरण गर्ने शाखा प्रमुख राज बिक्रम चौधरीले जानकारी दिए ।

गाउँपालिकाद्धारा इच्छुक कृषक समुह, फार्म, सहकारी, टोल विकास संस्था तथा ब्यावसायिक कृषकहरुले आफुलाई आवश्यक पर्ने घाँसको विउँका लागि बैशाख १९ गते आफ्नो वडा कार्यालयमा वा पशु शाखामा सम्पर्क गर्न र आवस्यक परिमाण लैजान समेत आग्रह गरिएको छ ।

मकै चरी घाँस र शुडान घाँसको विउ लिन इच्छुक कृषक समुह, फार्म, कृषि सहकारी, टोल विकाश संस्था तथा ब्यावसायिक कृषकहरुले थप जानकारीको लागि पशु सेवा शाखाको मोवाईल नं. ९८५७८४०५३४ मा फोन गर्न समेत अनुरोध गरिएको छ ।