२०७८ बैशाख २ गते बिहिवार
२०७८ बैशाख २ गते बिहिवार

आज १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं, 
१९ वैशाख । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । एक सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि कोरोनाको कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले लकडाउन गरेसँगै यस वर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।