२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

बाटोमा हिँड्दै गर्दा लडेर एक पुरुषको मृत्यु

सल्यान, 
१९ वैशाख । सल्यानमा बाटोमा हिँड्दै गर्दा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका ४ रतिखोलाका ६० वर्षिय काली बहादुर भन्ने पिले कामीको मृत्यु भएको हो ।

आफन्तलाई भेट गरी घर फर्किने क्रममा अकस्मात बाटोमा लडी घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय फारुलाचौरले जनाएको छ । लगातको कामी टोलबाट घर फर्किन थालेका उनको बाटोमै हिँड्दै गर्दा उनको मृत्यु भएको प्रहरीले बताए ।