२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

मदिरा पिएर चर्तिकला देखाएपछि डाँगीलाई काबा मेयरको जिम्मेवारीबाट हटाइयो

तुलसीपुर,
२० वैशाख । तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक मेयरको जिम्मेवारी शुक्रवार नवराज लामिछानेलाई प्रदान गरिएको छ । काठमाडौंमा रहेका मेयर घनश्याम पाण्डेले सूर्यबहादुर डाँगीलाई हटाएर वडा नं. ६ का वडा अध्यक्ष लामिछानेलाई उक्त जिम्मेवारी सुम्पिएका छन् । वडा नं. १२ का अध्यक्ष समेत रहेका डाँगी नगर प्रबक्ताको जिम्मेवारीमा पनि छन् ।

एकाएक कार्यबहाक खोस्नुपर्ने कारण सोध्दा उनले जाँडरक्सि खाएर मर्यादा विर्सेनेहरुका कुरा धेरै नगरौं है भन्ने जवाफ मात्रै दिए । भने ‘बढ्दा छट्टाउन थालेपछि त ठिक गर्नु प¥यो नि हैन र ? ’विश्वसनिय स्रोतका अनुसार विहीवार बेलुका तुलसीपुर ४ मा कार्यबहाक मेयर डाँगी, वडा नं. ४ का अध्यक्ष बालकृष्ण राना र मेयरपाण्डेका स्वकीय सचिव धर्मबहादुर वलीले मदिरा सवेन पछि फेसबुक लाईभमा आएर कतिपय वडा अध्यक्ष, मेयर पाण्डे लगाएतको कार्यशैलीको टिप्पणी पनि गरेका थिए ।

विश्वसनिय स्रोतका अनुसार मदिरा सेवन गरि आफ्नो फेसबुकमा लाईभ आउने स्वकीय सचिव वलीलाई उनले जागिरवाट हटाउने गरि कारवाही गर्न थालेका छन् । त्यस्तै कार्यबहाक मेयरवाट हटाइएका नगर प्रबक्ता समेत रहेका डाँगीलाई कार्यपालिकाको बैठक बसालेर अनुमोदन गराएर उक्त पदवाट समेत हटाउने कसरत सुरु गरेका छन् । एक जना वडा अध्यक्षले मदिराले मातेर आफ्नो पदिय मर्यादा र आचरण विपरितका गतिविधि गर्नेहरुलाई मेयरले कारवाही गर्नुले सबैलाई सवक हुने तर्क गरे ।

विहीवार नगर प्रमुखको हैसियतले डाँगी, वडा नं ४ का अध्यक्ष बालकृष्ण राना मेयरका स्वकीय सचिव वली लगायतको टोली अनुगमनको लागि वडा नं ४ मा पुगेको थियो । त्यही क्रममा उनीहरु मदिरा पसलमा छिरेर मदिरा सेवन पछि फेसबुक लाइभमा आएर बोलेको आरोप लागेको छ । यद्यपी सामाजिक सञ्जाल मार्फत वलीले त्यो लाईभ भिडियो भने हटाई सकेका छन् ।