२०७७ कार्तिक १३ गते बिहिवार
२०७७ कार्तिक १३ गते बिहिवार

विषालु च्याउ खाँदा एकै घरका ७ जना बिरामी

रुपन्देही, 
२० वैशाख । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै घरका ७ जना बिरामी भएका छन् । भैंसी चराउन गएका परिवारका एक सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् ।

बिरामी हुनेमा गैडहवा गाउँपालिका–४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीया कैलाशी हरिजन रहेका छन् ।

शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि उनीहरु राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । बिरामीहरुको रातभरि स्वास्थ्य परीक्षणपछि अहिले अवस्था सामान्य बन्दै गएको उनले जानकारी दिए ।