२०७९ चैत्र ४ गते शनिवार
२०७९ चैत्र ४ गते शनिवार

नेपालगञ्ज-तुलसीपुर नाकामा कडाइ, चौबिसै घण्टा चेकजाँच

तुलसीपुर,  
२० वैशाख । नेपालगञ्जमा कोरोना संक्रमित देखिएसँगै तुलसीपुर उपमहानगरपालिकाले नेपालगञ्जबाट आउने नाकामा कडाइ गर्ने भएको छ । नेपालगञ्जबाट आउने मुख्य नाकामा रुपमा रहेको फूलवारीको दमारगाउँमा चौविसै घण्टा कडा चेकजाँच गरिने भएको हो ।

कोरोना विपद् व्यवस्थापन समितिको आयोजनामा भएको वैठकमा खाद्यान्न, पेट्रोलियम पदार्थ, एम्बुलेन्स लगायतका सवारीहरुलाई कडा चेकजाँच गर्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले वताए । उनले सवारी चालक र सहचालकले सुरक्षा विधि अनिवार्य रुपमा पालना गरेको भए मात्रै प्रवेश गर्न दिइने निर्णय भएको जानकारी दिए । मेडिकल वा एन १९ मास्क प्रयोग गरेको हुनुपर्ने, ग्लोप्स र पिपिई चालकले अनिवार्य लगाएको हुनुपर्ने छ ।

एम्बुलेन्स चालकले सुरक्षा विधि पुरा गरेको या नगरेको सबै चेकजाँच गरेर मात्रै प्रवेश दिने निर्णय भएको जनस्वास्थ्य शाखाका अधिकृत विमल केसीले जानकारी दिए । वैठकले गोठीखोला, वालापुर र वेलझुण्डीमा पनि चेकजाँच गर्ने निर्णय गरेको छ । बाहिरबाट आउने हरेकलाई शंका लागेमा क्वारेन्टाइनमा राख्ने निर्णय भएको केसीले वताए । उनले क्वारेन्टाइन र सामुदायिक क्वारेन्टाइनलाई थप व्यवस्थित वनाउने निर्णयपनि भएको बताए ।

अबदेखि एम्बुलेन्समा अनिवार्य रुपमा चालक र विरामीको बीचमा पार्टेसन गरिएको हुुनपर्ने छ । त्यस्तै विरामीले २ जनाभन्दा वढि कुरुवा लैजान नपाउने भएका छन् । त्यसरी अस्पतालमा वसेर आएकालाई होम क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ । अबदेखि नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्ड राखिने पनि भएको छ । कार्यवाहक नगरप्रमुख लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षाकर्मी, एम्वुलेन्स चालक र अन्य सरोकारवालको सहभागिता रहेको थियो ।