२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

आर्मीको गाडीले ठक्कर दिदा एक युवकको मृत्यु

बाँके, 
२१ वैशाख । बाँकेको कोहलपुरमा आर्मीको गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार एक युवकको ज्यान गएको छ । कोहलपुर–नेपालगन्ज सडकखण्डसँगै जोडिएको एनटिभि चोकमा शनिबार बेलुका भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षिय किरण भुषालको ज्यान गएको हो ।

नेपालगन्जबाट कोहलपुतर्फ आउँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक भुषालको ज्यान गएको हो । मोटरसाईकल पछाडी बसेकी बारबर्दिया नगरपालिका ४ की २७ वर्षिय प्रतिक्षा भुषाल भने गम्भीर घाईते भएकी छन । उनको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटना लगत्तै प्रहरीले सेनाको गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।