२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुरमा बाख्रा चराउन गएकी बालिका बलत्कृत, युवक पक्राउ

तुलसीपुर, 
२१ वैशाख । बालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–३ चखौरा निबासी २२ बर्षका सचिन चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

आरोपी युवकले बाख्रा चराउन गएकी १६ बर्षकी बालिकालाई तुलसीपुर उपमहानगरपालिका–२ कुईरेपानीको जंगलमा शनिबार दिउसो साढे १२ बजे बलात्कार गरेको प्रहरीले बताएको छ ।

पिडितले दिएको जाहेरीका आधारमा पक्राउ परेका युवकका विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाईने प्रहरी निरीक्षक शर्माले बताए ।