२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

दाङका ९५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

दाङ,
२१ वैशाख । कोरोना भाइरस संक्रमणको शंकामा दाङमा ९५ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बेलझुण्डीस्थ्ति कोरोना विशेष अस्पताल भर्ना भएका ७२ जनाको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २३ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

हिजो सम्मको १२२ जनाको आरडिटी विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगटिभ आएको उनले बताए। दाङमा कोरोना विशेष अस्पताल र क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको हो ।

दाङमा दुई स्थानमा आइसोलेसन सञ्चालनमा रहेका छन् । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसोलेसनको व्यवस्थापन गरिएको छ । बेलझुण्डीमा रहेको अस्पतालमा भर्ना भएका सातजनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई हिजो डिस्चार्ज गरिएको फोकन पर्सन चन्दले बताए ।

उनीहरुको गत बिहीबार स्वाब संकलन गरी परीक्षणका लागी नेपालगंज पठाइएको उनीहरुको रिपोर्ट हिजो आएको हो । कोरोना विशेष अस्पतालले कोरोना परीक्षणको लागी स्वाब यसअघि काठमाडौं, भैरहवा पठाउने गरेको भए पनि अहिले नेपालंगज पठाउँदै आएको छ ।

घोराहीमा रहेको प्रतिष्ठानमा पिसीआर विधिबाट परीक्षण शुरु भएता पनि रिपोर्ट ढिला आउने भएकाले कोरोना विशेष अस्पतालले स्वाब परीक्षण गर्न नेपालगञ्ज पठाउने गरेको फोकल पर्सन चन्दले बताए ।