२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

अपाङ्ग सदस्यलाई घरमै पुगेर केकसहित २५ हजार नगद सहयोग

शरद रेग्मी, 
तुलसीपुर बैशाख २१ । निजि क्षेत्रको एक मात्र ब्यबसायीक संस्था तुलसीपुर उधोग बाणिज्य सघंले आफ्ना अपाङ्ग सदस्यलाई राहत प्रदान गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा घर भई घोराही रोडमा रहेको समीर फेन्सि पसलका सन्चालक गिता बुढालाई उहाँको घरमै पुगेर नगद २५ हजार सहयोग गरेको हो ।

क्यान्सर भएपछि उनको दायाँ खुट्टा काटिएको हुँदा हाल बुढा घरमै बस्न बाध्य भएकी छन् । बुढा दम्पत्तिको आजै परेको बैबाहिक बर्षगाँठको अबसर पारेर तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष बिरु रावतको नेतृत्वमा केक सहितको टोलि घर आएको देख्दा बुढा दम्पत्ति मात्रै हैन परिवारमा समेत केहिछिन खुसिको अनुभुति देखिएको थियो ।

‘बुढा दम्पत्ती तुलसीपुर उधोग बाणिज्य संघको दुबै जना सदस्य हुनुहुन्छ, हामिले यस्तो बेला सानो सहयोग गर्न पाउँदा अभिभाबकत्व बहन गरेको जस्तो अनुभब भएको छ’ – अध्यक्ष रावतले भने ।