२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

पानीमा तैरिरहेको अवस्थामा शिशुको शव फेला

प्यूठान, 
२१ वैशाख । प्यूठानको ऐरावती गाउँपालिका १ माझिदमार गाउँ नजिक झिमरुक नदी किनारमा शिशुको शव भेटिएको छ । नदीसँग जोडिएको कुलोको छेउमा शिशुको शव फेला परेको हो । शव पानीमा तैरिरहेको देखेपछि आइतबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शिशु ४५ दिनको जस्तो देखिने प्रहरी चौकी दाङबाङका प्रहरी इन्चार्ज जवुलाल जिसी बताए ।

थप अनुसन्धानका लागि जिल्लबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए ।