२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राप्तीमा क्वारेन्टाइनमा रहेका २२ मध्ये १३ जनालाई घर पठाईयो

तिर्थराज ज्ञवाली, 
सिसहनिया, २२ बैशाख । दाङ जिल्लाको राप्ती गाउँपालिका स्थित ऐरावति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका १३ जनालाई थप केहि दिन होम क्वारेन्टीनमा बस्ने गरि घर पठाईएको छ । हाल सम्म कुल २२ को चेकजाँच गर्दा कोरोना संक्रमित नपाईएकोले सबैलाई घर पठाईएको छ ।

विश्व विख्यात समस्या कोरोना भाइरसको बढ्दो संक्रमणको रोकथाम तथा सजगतका लागि अन्य जिल्ला तथा देशबाट घर आउनेलाई राप्ती गाउँपालिकाको दुई स्थानमा क्वारेन्टिन स्थापना गरि बस्ने ब्यवस्था मिलाईएको थियो । काम गर्ने शिलशिलामा संक्रमित भेटिएको जिल्ला तथा म्याग्दीवाट पैदल तथा हुलहालमा समाबेश हुँदै आएका राप्ती गाउँपालिका वडा नं २ का १३ जनाको जिल्ला स्वास्थ्य कार्यालय दाङ र सिसहनिया स्वास्थ्य चौकीको नियमित चेकजाँच गर्दा कुनै लक्षण समेत नरहेको र थप आरडि किटवाट रक्त परिक्षण गर्दा कोरोना नतिजा नेगेटिभ आएको हुँदा घरमै केहिदिन होम क्वारेन्टाईममा बस्ने गरि बिदा गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

मजदुरी गरि हिँड्दै र विभिन्न सवारी साधनमा पाठ सार हुँदै घर फर्किएका ११ जना मध्ये ६ जनालाई स्वास्थ्य चेकजाँच गर्दा ज्वरो देखापरेपछि राप्ती गाउँपालिकाले ११ जनालाई दुई हप्ता पहिले क्वारेन्टाईनमा भर्ना गरेको थियो। हाल सम्म राप्ती गाउँपालिकाको क्वारेन्टाईनमा १५ जनालाई राखीएकोमा हाल सबै आरडि किटवाट रक्त परिक्षण गर्दा कोरोना नतिजा नेगेटिभ आएको हुँदा घर गैसकेका छन्, भने थप ७ जनाको बेलझुल्डीमा थ्रोट स्वाब चेकजाँच गरिएको थियो । हालसम्म राप्तीमा २ महिला र २० पुरुषमा कोरना संक्रमणको अवस्था रहे नरहेको चेकजाँच गरिसकिएको छ । जसमा सबैमा नरहेको स्वास्थ्य संस्थाले प्रमाणीत गरेका छन् ।

कोरोना भाईरसको संक्रमणको जोखीम रोक्न लगडाउन गर्नुपुर्व भारतवाट राप्ती गाउँपालिकामा १ सय ६४ जना आएकोमा सबैलाई होम क्वारेन्टिनमा राखीएको थियो, साथै समय समयमा उनिहरुको स्वास्थ्य चेकजाँच समेत गरिदैँ आईएको थियो ।