तुलसीपुर,
२२ बैशाख । कोरोना रोग नियन्त्रण गर्दै संक्रमनवाट बच्न तुलसीपुर उद्योग वाणिज्य संघले दाङलाई पूर्ण रुपमा लक गर्न सुझाव दिएको छ ।
छिमेकी जिल्ला बाँके र रुपन्देहीमा कोरोनाका संक्रमीतहरु देखिएपछि दाङ जिल्लालाई कसरी सुरक्षित गर्न सकिन्छ, भन्ने सन्दर्भमा आज सोमवार वाणिज्य संघले आयोजना गरेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
वाणिज्य संघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा वसेको बैठकले जिल्लामा भोली हुन सक्ने संभावित क्षेती र सक्रमणलाई नियन्त्रण गर्न समय मै सबै संयन्त्र परिचालन गर्न समेत स्थानिय सरकार , प्रदेश सरकार र जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
फोटो : पदम खनाल