२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं, 
२२ वैशाख । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दिपक शर्माले जानकारी दिए । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।

लकडाउनका कारण विद्यालयहरुको पठनपाठन बन्द रहेको छ । विद्यालयहरुले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका छन् ।

मन्त्रालयले विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको हो । विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको हो ।