दाङ,
२३ वैशाख। दाङको घोराहीमा चट्याङ पर्दा एक घरमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ पलासपुर निवासी ३८ बर्षीय द्रोर्ण घर्तीको घर चट्याङ परेपछि आगलागी भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले घर्तीको दुइतल्ले खरले छाएको घरमा मंगलवार विहान साढे ११ बजेतिर चट्याङ पर्दा आगलागी भएको जानकारी दिए । आगलागीवाट घरमा भएको अन्तपात, लत्ताकपडा सबै जलेर नष्ट भएका छन् ।
घरमा लागेको आगो स्थानीय र प्रहरी प्रशासनको सक्रियातामा साढे १२ बजेतिर नियन्त्रणमा लिइएको डिएसपी खड्काले बताए ।
यस्तै दाङमा भारी बर्षाले गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा स्थित मोहन बिकको घर भत्किएको छ । मंगलबार हावाहुरीसंगै परेको बर्षाले घर भत्किएको प्रहरीले बताएको छ ।
घर भत्किदा घर भित्रको खाद्यान्नलगायतका सामग्रीमा क्षति पुगेको छ । बिकले मजदुरी गरेर दैनिकी चलाउँदै आएका थिए ।
-फाइल फोटो