सल्यान,
वैशाख २३ । सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षिया हिमानी रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मंगलबार बिहान घरमा परेको चट्याङले गम्भिर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।
चट्याङ लागेर कुमाख गाउँपालिका वडा न ३ का वडा सदस्य ३६ वर्षिय अतिराम राना, श्रीमती ३० वर्षिया दिपा राना, ८ वर्षिया छोरा यमराज राना, २६ वर्षिया टेक बहादुर राना र २३ वर्षिय रणसिहं राना घाइते भएका छन । उनीहरुको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।