२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

बबईमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बबई, 
२३ वैशाख । दाङ बबई गाउँपालिले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगी वितरण गरेको छ। लकडाउनका कारण बैंकसम्म जाने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो।

ज्येष्ठ, एकल, अपांगता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको वडा नं. ६ अध्यक्ष राम बहादुर डाँगीले बताए ।

नागरिकको घरमै पुगेर भत्ता वितरण गर्दा जनप्रतिनिधि र नागरिकलाई नजिक बनाएको र वडा नं. ६ मा मात्रै दोस्रो चौमासिकमा ३१ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण हुने पनि वडा अध्यक्ष डाँगीले जानकारी दिए।