२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

बबईमा भोलीदेखि आवतजावत पुर्ण रुपमा बन्द

हापुरे, 
२३ वैशाख । पश्चिम दाङको बबई गाउँपालिकाले लकडाउनलाई अझ कडा पार्ने जनाएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङक्रमण छिमेकी जिल्लाहरुमा समेत संक्रमण फैलिएको भन्दै बुधवारदेखी लागु हुनेगरी आवतजावत पुर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

अर्को सुचना वा निर्णय नहुदा सम्मको लागि भन्दै सम्पुर्ण सवारी साधन, पास भएका तथा नभएका सवै, व्यापार ब्यवसाय, कलकारखाना, तथा सार्बजनिक भिडभाड हुने सम्पुर्ण क्षेत्रहरुमा आवतजावत र हिँड्डुल गर्न रोक लगाईएको गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिएका छन् । गाउँपालिकाले आफुहरुको आग्रहलाई पालना गरिदिन सवैमा अनुरोध समेत गरेको छ ।