२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

दाङमा पास भएपनि सवारी चलाउन नपाइने

दाङ,  
२४ वैशाख । स्थानीय प्रशासनले जिल्लामा लकडाउनमा थप कडाई गर्न थालेको छ । मंगलवारको सुरक्षा समितिको बैठकले अबदेखि बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पास भएपनि सवारी चलाउन नदिने निर्णय गरेको छ । ‘अत्यावश्यक सवारी साधन बाहेक अब पास भएपनि त्यो समयमा कसैका गाडी गुड्न नदिने निर्णय भएको छ,’ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले भने ‘पासको बाहानामा मानिसहरु रातको समयमा जथाभावी हिडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नु परेको हो ।’

पछिल्लो समय छिमेकी जिल्ला बाँकेमा ह्वात्तै कोराना संक्रमित बढेपछि दाङमा लकडाउनमा कडाई गर्न थालिएको छ । प्रहरीले सहर बजारमा लखर लखर हिड्नेलाई लाठी समेत लगाउन थालेको छ । अत्यावश्यक काम नपरी सडकमा हिड्नेलाई सडकमै दिनभर होल्ड गर्ने र बेलुकी पख प्रशिक्षण दिएर छोड्न दिएको छ । मंगलवार जिल्लामा १ सय ८१ जनालाई सडकमै होल्ड गरि प्रशिक्षण दिएर छोडिएको डिएसपी खड्काले बताए ।

फोटो -पदम खनाल