२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

अर्घाखाँचीका एक पुरुषको दुबईमा कोरोना संक्रमणबाट मृत्यु

दुबई,
२४ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण यूएईमा एक नेपालीको ज्यान गएको छ । नेपालको अर्घाखाँची घर भएका ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको हो ।

१५ वर्षदेखि दुबईमा कार्यरत उनको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको भनेर अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारसामु जनाकारी पठाएको छ । श्वासप्रश्वासमा समस्या भएको भन्दै वैशाख ५ गते उनी भर्ना भएको बताइएको छ ।

सुरुमा निमोनिया भनिएतापनि उनको अवस्था गम्भीर भएपछि स्थानीय अस्पतालले दुबइको रशिद अस्पताल पुर्याइएको पठाएको मृतकका साथीहरुले बताएका छन् । त्यसपछि भेनटिलेटरमा राखेर उपचार गरिँदै आएका उनको आइतबार ज्यान गएको नेपाली दुतावासले जनाएको छ ।