२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बंगलाचुलीका गोबिन्द खत्रीको भारतमा उपचार नपाउँदा मृत्यु

दाङ,
२४ बैशाख । रोजगारीको शिलशिलामा भारतमा पुगेका दाङका एक जनाको निधन भएको छ । रोजगारीका लागि भारतको नयाँ दिल्ली पुगेका बंगलाचुली गाउँपालिका वडा नम्बर ३ तिमिलेका ४२ वर्षिय गोविन्द खत्रीको निधन भएको हो ।

पेटको समस्या भएका खत्रीको उपचार नपाउँदा निधन भएको संगै बस्ने साथीहरुले सामाजिक संजालमार्फत जनाएका छन् । मृतक खत्रीको भिडियो सामाजिक संजालमा पोष्ट गर्दै शब नेपाल ल्याउनका लागि विभिन्न निकायमा फोन गर्दा कसैले पनि फोन नउठाएको उहाँका साथीहरुले बताएका छन् ।

मंगलबार निधन भएका खत्रीको शब पठाउनका लागि पहल गरिदिन भारतिय राजदुर निलाम्बर आचार्यले फोन नउठाएपछि भारतमै शबको तयारी रहेको भारतमा रहेका घोराही–२ का गिरीराज खनालले जानकारी दिए ।

रोजगारीको लागि ७/८ महिना अघि भारतमा पुगेका खत्रीको पेटको रोगी रहेको र उपचार नहुँदा निधन भएको उनले बताए । साथै संगै रहेका नेपालीले उद्धारका लागि नेपाल सरकारसंग अनुरोध गरेका छन् । भारतमा पनि लकडाउनका कारण सबै गतिविधि ठप्प हुँदा समस्यामा परेको भन्दै उद्धारका लागि पहल गरीदिन सरकारसँग माग गरेका हुन् ।

भिडियो :