२०७८ साउन १३ गते बुधवार
२०७८ साउन १३ गते बुधवार

राप्तीका तीन जनाको आरटिडी रिपोर्ट नेगेटिभ

भालुवाङ, 
२४ बैशाख । राप्ती गाउँपालिकाका ३ जनालाई बुधवार कोरोना संक्रमण रहे नरहेको बारेमा आरटिडी किटबाट चेक गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं १ का १ जना र वडा नं ६ का २ जना गरि ३ जनाको जिल्ला स्वास्थ्य कार्यालय दाङ र भालुवाङ स्वास्थ्य चौकीको टोलीले आरटिडी किटबाट रक्त परिक्षण गरिएको हो । आरटिडी किटबाट चेक गर्दा तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

चेकजाँच गरिएका ३ लाई सुरक्षित बस्न र अरुसंग भेटघाट नगर्न समेत अनुरोध गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् ।